प्रधानमन्त्री ओलीले यसरी दिए तिजको शुभकामना

काठमाडौँ। स्वास्थ्य परिक्षणका लागि सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तिजको अवसरमा सम्पूर्ण महिलाहरूलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्,‘‘नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना ।’’