नेपालका ६ बैंकको प्रणाली ह्या*क, पाँच चिनियाँ प*क्राउ, एटीएम सेवा बन्द

काठमाडौं । चिनियाँ ह्या*करहरुले नेपाली बैंकहरुको प्रणाली ह्याक गरी ग्राहकको गोप्य नम्बर प्रयोग गरेर एटिएम मसिनबाट ठूलो रकम निकालेका छन् । यसमा संलग्न पाँच चिनियाँ पक्राउ परेका छन् भने प्रहरीले अनुसन्धान तीब्र बनाएको छ ।

नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा उनीहरुलाई प*क्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा प*क्राउ गरिएको जानकारी दिए।

“शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई प*क्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट प*क्राउ गरेका छौँ”, उनले भने।

पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर ब*रामद गरेको छ । प*क्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर प*क्राउबारे जानकारी दिने बताए ।

११ बाणिज्य बैंकको लगानी रहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को भुक्तानी प्रणालीलाई चिनियाँ गिरोहले ह्या*क गरेको बताईएको छ । कम्तिमा ६ वटा बैंकको प्रणालीमा क्षति पुगेको आशंका ब्यक्त गरिएको छ ।

अधिकांश बैंकका एटीएम सेवा बन्द

ह्या*करको आ*क्र*मणपछि अधिकांश बैंकका एटीएम चलेका छैनन् । चाइजिन ह्या*करले एटीएमको प्रयोग गरी विभिन्न बैंकबाछ ठूलो रकम निकालेपछि एटीएमको सर्भर नै डाउन गरिएको छ ।

‘भिजाकार्डबाट रकम ह्या*क गरेको देखियो, ह्या*करहरु चाइनिज छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसैले थप चोरी हुन नदिन एटीएमको सर्भर डाउन गरेर अनुसन्धान गरिरहेका छौं।’