लोग्नेले बढी माया गरेपछि वाक्क लाग्यो भन्दै पत्नीले मागिन् डि*भोर्स

एजेन्सी। पति पत्नीबीच झैझ*गडा हुँदा, मन नमिल्दा तथा पतिले राम्रोसँग पालन पोषण नगर्दा पति पत्नीबीच डि*भोर्स हुने गरेको त थाहा भएकै कुरा हो । तर यो दुनियामा केही महिला यस्ता पनि हुँदा रहेछन् जसले लोग्नेले बढि माया गर्दा पनि डि*भोर्स माग्दा रहेछन् ।

पत्यारै नलाग्ने यो घ*टना युएइको हो । ती महिलाले आफ्नो लोग्नेसँग डि*भोर्स माग्दा यस्तो कारण उल्लेख गरेकी छिन् कि त्यो सुन्दैमा अनौठो लाग्दछ । लोग्नेले आफुलाई आवश्यकता भन्दा धेरै माया गरेको उनको आरोप छ । एक वर्षअघि विवाह गरेकी ती महिलाले हालै अदालतमा डिभोर्सका लागि निवेदन दिइन् । लोग्नेले आफुलाई चाहिने भन्दा धेरै प्रेम गरेको र आफुलाई बढि प्रेम मन नपर्ने उनको तर्क छ ।

अदालतमा भएको बहसका क्रममा उनले इजलासमा भनेकी छिन्, ‘मेरो पति न त म सँग झ*गडा गर्छन्, न त मलाई कहिल्यै चि*न्तित हुन दिन्छन् । लोग्नेले आफुलाई अत्यन्तै धेरै माया गर्दा म वा*क्क भएँ र प्रेमकै कारण मेरो जिवन नर्क बन्यो । त्यसैले मैले डि*भोर्स गर्ने निर्णय गरेकी हुँ ।’लोग्नेको अत्यधिक प्रेम र स्नेहबाट आफु प्रता*डित भएको उनको भनाई छ । बिहे भएको एक वर्षमा एकपटक पनि झ*गडा हुन नपाएको उनले बताएकी छिन् ।