संसारमै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका खालिफाको नि’धन

बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको नि’धन भएको छ। बहराइनको राजदरबारले अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको बुधबार नि’धन भएको ट्विटरमार्फत् जानकारी दिएको छ।

८४ वर्षीय खालिफाको अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो। उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ। बहराइनका राजाले खालिफाको नि’धनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ।

राजपरिवारमा जन्मिएका खालिफा सन् १९७०मा बहराइनका प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी लगातार प्रधानमन्त्री रहे।
संसारभर यतिलामो समय प्रधानमन्त्री हुने उनी नै पहिलो व्यक्ति हुन्। उनीभन्दा पछाडि कम्बोडियाका प्रधानमन्त्री हुन सेन छन्।