कतारका राजकुमारले आरोहण गरे अमादब्लम हिमाल

कतारका राजकुमारले अमादब्लम हिमालको सफल आरोहण गरेका छन्।

राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो हिमालको आज सफल आरोहण गरेका हुन्।
राजकुमारको आरोहण टोलीमा ६ जना विदेशबाट आएका आरोही थिए।

हिमालयन गाइड ईश्वरी पौडेलले दिएको जानकारीअनुसार राजकुमारसहित उनको टोलीले बुधबार बिहान ११:२० मा अमादब्लम हिमालको सफल आरोहण गरेका हुन्।