एनसेललाई कर नतिर्न आदेश दिएपछि गर्जिए विप्लव: गरे कडा आन्दोलनको घोषणा (विज्ञप्तिसहित)

काठमाडौ। सर्वोच्च अदातलले कर छली गर्दै आएको एनसेललाई कर नतिर्न आदेश दिएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आ*क्रोशित बनेका छन् ।

नालायक भ्र*ष्ट सरकारकै इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाउँदै भदौ १० गते सर्वोच्च अदालतले एनसेलले साढे १८ अरब तिर्न नपर्ने अत्यन्त विवादास्पद राष्ट्रघाति निर्णय गरेको भन्दै घो*र भ*त्र्सना गरेका छन् । साथै सर्वोच्चको उक्त फैसला बि*रुद्ध उनले चरणबद्ध आ*न्दोलनको घोषणा गरेका छन् । अदालतको यो निर्णयपछि आफ्नो पार्टी एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने निस्कर्षमा पुग्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

सनिबार विज्ञप्ति सार्वजनिक गर्दै महासचिव विप्लवले नालायक भ्र*ष्ट सरकारकै इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाउँदै भदौ १० गते सर्वोच्च अदालतले एनसेलले साढे १८ अरब तिर्न नपर्ने अत्यन्त विवादास्पद राष्ट्रघाति निर्णय गरेको भन्दै भदौ १७ गते न्यायधिसहरुको पुत्ला दहन, भदौ १९ गते देशभरी मशाल जुलुस, भदौ २१ गते एनसेलका कार्यालयहरुमा विरोध प्रर्दशन, भदौ २३ गते एनसेल कार्यालयहरुमा तालाबन्दी र भदौ २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो दल्नेसहितको कार्यक्रमहरु घोषणा गरेका छन् ।

एनसेलले ७५ अरब कर छली गरेर जनता र देशलाई कंगाल बानाइरहेको स्पष्ट हुदाँहुदै पनि नालायक भ्रष्ट सरकारले देशको सम्पत्ति रक्षा गर्नुको साटो मिलोमतो गरेर गम्भीर अपराध गरिरहेको उनले बताएका छन् । सरकारकै इसरामा सर्वोच्चका केही भ्रष्ट न्यायधिसहरुले आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसलालाई उल्टाउँदै एनसेलले साढे १८ अरब तिर्न नपर्ने राष्ट्रघाति निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।