३ करोड चन्दा माग्ने विप्लव समुहका कार्यकर्ताहरु प’क्राउ

काठमाडौं । विप्लव समुहका ४ कार्यकर्तालाई प्रहरीले प’क्राउ गरेको छ । उनीहरुलाई चन्दा लिएको आरोपमा महानगरीय अपराध महाशाखाले प’क्राउ गरेको हो ।

प’क्राउ परेका ४ कार्यकर्ताहरुले विभिन्न ब्यवसायीहरुबाट ३ करोड चन्दा मागेको थिए । त्यस्तैगरी उनीहरुले ब्यपारीहरुलाई धम्की दिने तथा घरमा निगरानी राख्ने गरेको बताइएको छ ।

प’क्राउ पर्नेमा ३३ बर्षीय बिन्तोष सिलवाल, ३१ बर्षीय रादल श्रेष्ठ, ५२ बर्षीय तिर्थ मान तामाङ र ४२ बर्षीय नन्दुराज आचार्य रहेका छन् । प्रहरीले उनीहरुलाई थप अनूशन्धान गरिरहेको छ ।