प्रधानमन्त्रीको ट्वीटरबाट उनकै सल्लाहकारले असान्र्दभिक पोष्ट गर्दै हटाइदै

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्ण्डल उनकै सल्लाहकारले दुरुपयोग गरेका छन्।

ओलीले व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको @kpsharmaoli ट्वीटर ह्ण्डलमा प्रेस सल्लाहाकार सूर्य थापाले असान्र्दभिक पोष्ट गरेका छन्। उनले पत्रकार मात्रिका पौडेलसँग भेट भएको फोटो सार्वजनिक गर्दै नयाँ व्यवसायका लागि शुभकामना दिएका छन्।

ओलीको ट्वीटर ह्ण्डलमा भर्खरै कोरोना जितेको भन्दै खुशीसमेत व्यक्त गरिएको छ। उक्त ट्वीटमा लेखिएको छ, ‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मातृका पौडेलजीलाई सफलताको अग्रिह शुभकामना। हामी दुवैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुवैजना दंग…’

यसअघि पनि प्रधानमन्त्री ओलीको ट्वीटर ह्ण्डल दुरुपयोग भएको प्रधानमन्त्री कार्यालयले जनाएको थियो। यस विषयमा भने प्रधानमन्त्री कार्यालयले कुनै प्रतिक्रिया जनाएको छैन। ट्वीटलाई तुरुन्तै हटाइएको छ।

त्यस्तै केही समयअघि राष्ट्रपति विद्यादेवि भण्डारीको औपचारिक ट्वीट् ह्ण्डलमा असान्र्दभिक कुरा लेखिएको पाएपछि बन्द गरिएको थियो।