मुन्द्रेको कमेडी क्लवबाट दीपाश्री निकालिएपछि रिसाए दीपकराज

नेपाल टेलिभिजनबाट प्रशारण भै रहेको लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लवबाट अकस्मात दीपाश्री निरौला निकालिएपछि उनका सहकर्मीहरु रिसाएका छन् । स्वयं दीपाश्री निरौला पनि सल्लाह नगरी निर्णय लिएको भन्दै मुन्द्रेसँग चित्त दुखाएकी छिन।

यसको प्रतक्ष्य असर जितु नेपाललाई परेको छ । उनलाई अब छक्का पञ्जाको टिमबाट दीपक दीपाले आउट गर्ने पक्का छ । जितु नेपाल पनि हतारमा निर्णय लिँदा केही गल्ती आफूबाट भएको स्वीकार गर्छन्।

दीपाश्रीसँग लामो समयदेखि सहकार्य गर्दै आएका दीपकराज गिरिलाई पनि यो कुरा चित्त बुझेको छैन । उनले समेत जितु नेपालसँग असन्तुष्टि पोखेका छन् । यस अघि दीपक दीपाश्रीकै टीममा जितु रहेपनि अब जितु यो टिमबाट आउट हुने पक्का छ।

७६ भाग प्रशारण भएको ‘मुन्द्रेको कमेडी क्लब’ मा दीपा नै अध्यक्ष रहेकी थिइन् । हालै यस कार्यक्रमको दोश्रो सिजन सुरु भयो । सिजन-२ सुरु हुँदा उक्त शोमा अध्यक्ष रहेकी दीपाश्रीको ठाउँमा जितुले नायिका करिष्मा मानन्धरलाई ल्याए । यसमा भने दीपक दीपालाई चित्त बुझेको छैन।

अघिल्लो दिन भोलि दिउँसो छायांकन छ भनेर बोलाएपछि दीपाश्रीले तयारी गरेको तर राति अचानक तपाईं आउनु परेन तपाईंको ठाउँमा अरुलाई नै राखियो भनेर फोन आएको दीपकको भनाई छ । उनी भन्छन्, यसमा रातारात परिर्वतन गर्नुपर्ने केही कारण थिएन । यसमा हाम्रो थोरै असन्तुष्टि हो।

दीपा सधैं उक्त क्रार्यक्रममा हुनैपर्छ भन्ने नभएपनि एकछिनमा आऊ भन्ने, एकछिनै नआऊ भन्नु राम्रो नभएको दीपकको भनाई छ । यसमा बसेर सल्लाह गरेरै यो पटक तपाईं नबस्नुहोला भनेर भन्न सकिने दीपकको भनाई छ।