सुसाइड नोट लेखेर हराएका डाक्टर झा भेटिए

काठमाडौं– फेसबुकमा सुसाइड नोट लेखेर बे’पत्ता भएका डा दिगम्बर झा सकुशल भेटिएका छन् । मंगलबार बिहान करिब ५ बजे सुसाइड नोट लेखेर भक्तपुरबाट बे’पत्ता भएका झा काभ्रेको भुम्लु गाउँपालिका–१० मा भेटिएका हुन् ।

सुसाइड नोट लेखेर बे’पत्ता भएपछि उनको खोजीमा प्रहरी सक्रिय भएको थियो । सोही क्रममा उनी चढेको बा १६ च ८६७९ नम्बरको कार काभ्रेमा भेटिएको थियो। उनी अरनिको राजमार्गमा कारसँगै भेटिएका हुन् ।

पारिवारिक खटपटका कारण उनी सुसाइड नोट लेखेर बे’पत्ता भएको हुनसक्ने प्रहरीले जनाएको छ । झाको भक्तपुरमा डेन्टल सिटी क्लिनिक छ ।