यूएईका उपप्रधानमन्त्री नहानसहित चार मन्त्रीले लगाए कोरोनाविरूद्धको खो’प

दोहा- संयुक्त अरव ईमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख सईफ बीन जायाद अल नहानले कोरोनाविरुद्धको खो’प लगाएका छन् ।

ट्वीटरमा फोटो पोष्ट गर्दै उनले कोरोनाविरूद्धको खो’प लगाएको बताएका हुन् । खोप लगाइदिएकोमा उनले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएको गल्फ न्युजले जनाएको छ । यसैगरी विदेश मन्त्री शेख अव्दुल्लाह बीन जायाद, स्वास्थ्य मन्त्री अव्दुल्लाह रहमान अल ओविस, संस्कृति तथा युवा मन्त्री नुरा विन्त मोहम्मद अल कावी तथा अबुधावी एक्ज्युकेटिव अफिसका अध्यक्ष शख खालिद बीन मोहम्मद बीन जायादले पनि खो’प लगाएका छन् ।

यूएईमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ५९४ जना पुगेको छ । अहिलेसम्म उपचारपछि निको हुनेको सङ्ख्या १ लाख १० हजार ३१ जना छ भने संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४७० पुगेको छ । यूएईले पीसीआर परीक्षणको दायरालाई फराकिलो बनाउँदै लगेको जनाएको छ ।