पारस खड्काले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमण (फोटो सहित)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्व कप्तान पारस खड्काले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमण गरेका छन्।

आज पारस खड्का र क्रिकेट एसोसियसन नेपाल (क्यान)का सदस्य छुम्बी लामाले उक्त मैदानको भ्रमण गरेका हुन्। कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले जनस्तरबाट सहयोग संकलन गरी यसको निर्माण गरिरहेको छ।

भरतपुर महानगरपालिका–१६ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कुल लागत खर्च ३ अर्बको छ  ।