चितुवाको आ’क्रमणबाट किशोेरीको मृ’त्यु

धनगढी: डडेल्धुरामा चितुवाको आ’क्रमणबाट एक किशोेरीको मृ’त्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आ’क्रमणबाट ज्यान गएको हो ।

घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो अढाई बजेतिर चितुवाले आ’क्रमण गर्दा मृ’त्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो । अहिले घटना स्थलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमाण्डमा टोली खटिएर अनुसन्धान गरिरहेको छ ।