वडाध्यक्षलाई भाटे का*रबाही गर्ने डिएसपीको चे*तावनी

काठमाडौं। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दु*र्व्यवहार गरेका छन् ।

दुई साताअघि चरिकोटमा मृ*त भेटिएका रुपक बस्नेतको ह*त्याको अनुसन्धानमा ढिलाइ भएको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई ग*द्दार भन्दै डिएसपी राईले भाटे का*रवाहीको चेता*वनी दिएको जनाइएको छ ।

बिहीबार साँझ चरिकोटमा पत्रकार सम्मेलन गरी चौलागाईंले डिएसपीले आफूलाई तथानाम गा*ली गर्दै घो*क्र्याएको बताए।‘जनताको समस्या लिएर उनको कार्यकक्षमा पुग्दा अनुसन्धान गर्न तेरो सरकारले स्रोत र साधन दिएको छ र । तँजस्ता ग*द्दारहरुले नै सबै काम बिगारेका हुन् भन्दै तथानाम गा*ली गर्दै दु*र्व्यवहार गरे,’ उनले भने ।

यता डिएसपी राईले पनि आफूले दु*र्व्यवहार नगरेको दाबी गरे। यो समाचार आजको नागरिक दैनिकमा छ ।