भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट

नेपालमा सोमबार थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १७९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ।