बलिउड अभिनेता अर्जुनको घरमा एनसिबीको छापा

मुम्बइ– बलिउड ड्र’ग कनेक्सन केसमा अभिनेता अर्जुन रामपालको घरमा ला’गुऔषधि नियन्त्रण ब्युरो (एनसिबी) ले छापा मारेको छ। रामपालको मुम्बइ बान्द्रास्थित घरमा एनसिबीले छापा मारेको हो।

उनको घरमा एनसिबीले ड्रग्स खोजिरहेको बताइएको छ। सुशान्त सिंह राजपुतको मृ’त्युको मामलामा बलिउडको ड्रग्स कनेक्सन सार्वजनिक भएको थियो। यसपछि फिल्म उद्योगसँग जोडिएका पत्र–पत्र उप्काउन थालिएको छ। गत महिना अर्जुनकी गर्लफ्रेन्ड गेब्रिएलाका भाइलाई ड्र’ग्स केसमा एनसिबीले गिरफ्तार गरेको थियो।