त्रिभुवन विमानस्थल भोलिदेखि ७ घण्टा बन्द

काठमाडौं । धावनमार्गलगायत संरचना जीर्णोद्वारका लागि त्रिभुवन विमानस्थल फेरि ७ घण्टा बन्द हुने भएको छ । जीर्णोद्वारको दोस्रो चरणको काम आइतबार (सेप्टेम्बर १) बाट सुरु हुँदैछ ।

विमानस्थलका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार आइतबारदेखि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द रहनेछ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।