अर्को महिनाबाट कोरोनाविरुद्धको खोप बजारमा

कोरोनाभाइरस संक्रमणको महामा’रीले विश्वबासीलाई त्रा’हीमाम बनाइरहेको छ । संक्रमणको त्रा’सले मानिस एकअर्कादेखि डराइरहेका छन् । डराइ डराइ आफ्नै दैनिकी अघि बढाइरहेका विश्वबासीलाई बेलायतको ख्यातिप्राप्त औ’षधि उत्पादन कम्पनी एस्ट्राजेनेकाले खुसी सञ्चार गराउने खबर दिएको छ।

एङ्ग्लो–स्वीडिस औ’षधि निर्माता र अक्सफोर्ड विश्वविद्यालय मिलेर यस खोप विकास गरिरहेको छ। जुन अमेरिका, बेलायत र अन्य देशहरुमा यसको सुरक्षा र प्रभावकारिताको अन्तिम परीक्षणमा रहेको छ। एकपटक यसको अन्तिम र प्रभावकारी परिणामहरू आएपछि खोपलाई नियामकर्ताहरूले व्यापक प्रयोगको लागि स्वीकृत गर्ने सेभेन न्युजले उल्लेख गरेको छ।

एकपटक परीक्षणहरू निष्कर्षमा पुगेमा एस्ट्राजेनेकाले द्रुत गतिमा काम गर्न तयारी गरिरहेको पास्कल सोरियटले बताए। त्यसैगरी उनले विश्वव्यापीरुपमा जनवरीबाट खोपका लाखौं डोजहरु सप्लाइ गर्न तयार रहेको बताएका छन्।

एस्ट्राजेनेका र अक्सफोर्डले महामारीको समयमा नाफारहित आधारमा खोप प्रदान गर्ने वाचा गरेका छन्। महामा”रीलाई नियन्त्रणमा ल्याएपछि एस्ट्राजेन्काले विकासोन्मुख देशहरूमा खोपलाई नाफा नराखी सप्लाइलाई जारी राख्ने र धनी देशहरूले यसलाई “अपेक्षाकृत कम लागत“मा किन्न सक्ने कम्पनीका अमेरिकी इकाईका अध्यक्ष रुउड डोबरले एसोसिएटेड प्रेसलाई भने।