‘जबज’का क्रियाकलाप म रोक्न सक्दिनँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जबजका क्रियाकलापहरु आफूले रोक्न नसक्ने जानकारी गराएका छन्।

पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा आइतबार साढे तीन घन्टाभन्दा लामो भेटमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनका जबजलगायतका क्रियाकलाप आफूले रोक्न नसक्ने जानकारी गराएका हुन्।

नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरुसँग बालुवाटार पुगेका नेता नेपालले जबजलगायतका गतिविधि सञ्चालन गरिरहेको मदन भण्डारी फाउन्डेसनका क्रियाकलाप रोक्न आग्रह गर्दा ओलीले आफूले त्यस्ता क्रियाकलाप रोक्न नसकिने जानकारी गराएका हुन्।

ओली र ओलीविपक्षी नेताहरुबीच अन्तरविरोध बढिरहेका बेला प्रधानमन्त्रीले आइतबार नेता नेपाललाई दलबलसहित बालुवाटार बोलाएका हुन्।