ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ ।

कन्ट्याक ट्रेसिङमा परेका धमलालाई आइतबार संक्रमण पुष्टि भएको हो।

रिपोटर्स क्लबका अध्यक्ष तथा टेलिभिजन कार्यक्रम “जनता जान्न चाहन्छन्”का सञ्चालक धमला होम आइसोलेसनमा बसेका छन् ।

उनले स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन्।