यो साता निकै राम्रो छ यी ७ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

भदौ १५ गते : दर खाने दिन । भदौ १६ गते : तीज । भदौ १७ गते : ऋषिपञ्चमी ।

मेष
सम्झनालायक कार्य सम्पन्न गर्न ठूला वडाको सहयोग एवं आशीर्वादको आवश्यकता हुनेछ । करियर बनाउन दैनिकिमा परिवर्तन ल्याउनुहोला । नयाँ रोजगारी प्राप्त हुनसक्छ । साताको अन्त्यमा सवारी साधन खरिद गर्न आकर्षित भइनेछ ।

वृष

सफलता हात पार्न केही दौडधूप गर्नुपर्ने हुन्छ । हठ गर्ने प्रवृत्तिले पारिवारिक सम्बन्धमा खिचलो उत्पन्न गराउन सक्छ । हूलमूलमा आफ्नो सरसामान जोगाउने चेष्टा गर्नुहोला । अधिकार एवं प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान दिनुपर्नेछ । साताको अन्त्यमा आर्थिक समस्या सिर्जना हुनसक्छ ।

मिथुन

ठूलाबडाको सुझाव अनुसरण गर्दा व्यक्तिगत इच्छा एवं रहरहरूले सहज रूपमा पूर्णता पाउनेछन् । आकस्मिक रूपमा प्रेमप्रस्ताव प्राप्त हुनसक्छ । कुनै पनि निर्णय गर्दा विशेष ध्यान पुर्‍याउनुहोला । रोजगारीको अवसर फेला पर्न सक्छ । साताको अन्त्यमा पारिवारिक जमघटमा रमाउँदा खर्चले पिरोल्नेछ ।

कर्कट

विश्वास पात्रलाई आर्थिक सहयोगको वचन दिदा संयम अपनाउनुहोला । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त धन आर्जन गर्न सकिनेछ । रोजगारीको अवसर प्राप्त हुनसक्छ । इँटा रंगको पहिरनले परिणाम नजिक पुर्‍याउन मद्दत गर्नेछ ।

सिंह

आलोचना गर्नेहरू प्रशंसा गर्न थाल्नेछन् । दृढताका कारण पराजयको सामना गर्नुपर्ने छैन ।स–साना त्रुटिले मर्यादामा आँच पुर्‍याउन सक्छ । कार्य सम्पादन गर्दा विशेष होसियार अपनाउनुहोला । सुनौलो रंग प्रयोग गर्दा फलिफाप हुनेछ ।

कन्या

नशा तथा हड्डीसम्बन्धी समस्याले कमजोरी तथा आलस्यता महसुस गराउन सक्छ । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनुहोला । नौलो स्थानको यात्रामा मन मिल्ने मित्रहरूले थप खर्च गराउनेछन् । विभिन्न सभा–सेमिनार एवं प्रतियोगिताहरूमा भाग लिने अवसर जुट्नेछ । साताको अन्त्यमा पारिवारिक खिचलोले सताउन सक्छ ।

तुला

बोलीमा थप प्रभाव ल्याउन सेतो रंग हितकर हुनेछ । स्वदेशमै नयाँ अवसर हात लाग्ने सम्भावना छ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका प्राप्त हुन सक्छ । मनोरञ्जनमा सहभागी हुँदा चिसोको ख्याल राख्नुहोला । यात्रामा दुविधा उत्पन्न हुनेछ । घरायसी व्यवहारबाट टाढा रहनु नै उचित हुन्छ ।

वृश्चिक

सानो लगानीबाट राम्रै मुनाफा हात पर्नेछ । रातो रंगका कारण प्रायः कार्यमा आकर्षणको केन्द्र भइनेछ । अध्ययनको क्षेत्रमा ठूला अवसर पहिल्याउन सकिएला । पश्चिमतर्फको यात्रा सहज हुनेछ । विदेश यात्राको सपना पनि पूरा होला । साताको अन्त्यमा नयाँ व्यक्तिसँग परिचित हुने अवसर जुट्नेछ ।

धनु

विगतमा गरिएका कार्यले झन्झट सिर्जना गर्न सक्छन् । समस्याको व्यवस्थापन गर्न ढिलाइ नगर्नुहोला । विदेश यात्राका लागि तयारी अपुरो हुन सक्छ, सचेतता अपनाउनुहोला । मनोरञ्जनका सामग्री प्रयोग गर्दा विवेक पुर्‍याउनुपर्नेछ । राति सवारी साधन चलाउँदा संयम आवश्यक छ ।

मकर

परिणाममुखी कार्य सम्पन्न गर्न ढिलाइ हुन सक्छ । कामप्रति गम्भीर हुनसके सफलता हात लाग्नेछ । विपरीत लिंगीसँगको खटपटमा मल्हम लगाउन नयाँ रणनीतिको आवश्यकता छ । भ्रमण तथा मनोरञ्जनले तनाव कम गर्नेछ । साताको अन्त्यमा आर्थिक समस्यामा पर्न सकिन्छ ।

कुम्भ

आफ्ना सिर्जनशील रचनाले प्रेमिकाको मन जित्न सकिनेछ । इष्टमित्रहरूबाट प्राप्त सुझावले आफ्नो भलाइ गर्नेछ । सेवाले नयाँ उचाइमा पुर्‍याउनेछ । नीलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्‍याउला । राति अबेरसम्म भोजभतेरमा सहभागी हुँदा बेफाइदा हुनसक्छ ।

मीन

सभा–सम्मेलनमा सहभागी हुने मौका मिल्नुका साथै नयाँ ज्ञानसमेत आर्जन गर्न सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै सार्थक परिणाम हात पारिनेछ । भित्रभित्रै मन पराउनेहरूले मुख खोल्न सकेका छैनन् । हतारको निर्णयमा पछुताउनुपर्ला । टाढा भएका मित्रहरूले दिएको सुझावले फाइदा नै पुर्‍याउनेछ ।