प्रियंका रुँदै मिडियामा, प्रकाशले भने, प्रियंकाले झुटो बोलेको प्रमाणित नभए आफु जेल जान तयार (भिडियो)

काठमाडौ। नेपाली लोक दोहोरीका चर्चित गायक प्रकाश कटुवाल र चर्चीत् चलचित्र नायिका प्रियंका कार्कीको बिबादले मिडियामा बेग्लै चर्चा पाएको छ।केहि दिन अगाडी गायक प्रकाश कटुवालले प्रियंकाको लगेज नेपाल सम्म ल्याउन सघाएको र प्रियंका ले आफुलाई नोकरको व्यवहार गरेको भन्दै प्रकाश आक्रोश भएका हुन्।

उनले फेसबुकमा लेखेको जस्ताको त्यस्तै:
“अस्टे्रलिया बाट नेपाल फर्कने क्रममा प्रियंका कार्किको व्यबहार देख्दा म्युजियम मा राखौ कि चिडियाखानामा राखौ दोधार गरायो ??
घट्ना विवरण ————
म अस्ट्रेलिया बाट Ntv tv श्यामसुन्दर गिरि ज्युको प्रोग्राम सकेर नेपाल फर्कने क्रममा थिए ।
बोडिङ्ग काड लिने क्रममा म भन्दा अगाडी प्रियंका कार्की ज्यु र उहाँको एक साथी पनि हुनुहुदो रहेछ मैले देखे पुरै छ्टपटाई रहनु भएको थियोे कता कता मनले मानेन मलाई एअरपोर्ट पुराउन जानुहुने शिव बन्जरा दाइलाई सोध्नलगाए के भयो भन्नू भयो अनि उहाँले भन्नू भयो लगेको सामान बढी भयो अनि मैले सोचे मेरो लगेज 30 kg को हो मेरोमा सामान लान मिल्छ भने र उहाँको सामान मैले एउटा् मेरो नाउमा लगेज गरे र अर्को एउटा् हेन ब्याग गरेर उहाँको सामान Hongkong टान्जिट गरेर नेपाल सम्म लेर आए आउने क्रममै पनि उहाँले मलाई गरेको व्यबहार कता कता चित्तबुझ्दो थिएन तर पनि नेपालको एअरपोर्ट सम्म उहाँको सामान सुर्छित ल्याए र उहालाई भने मेरो लगेज खाली गर्दिनुस मलाई लिन साथी आको छ धेरैबेर भयो कुरिरहेको छ म जान्छु भने अनि उहाले मेरो लगेज बाट सामान पनि खोल्नु भयो तर उहाँको लगेज मा धेरै बेर कुराउनु भयो सामान सार्नु भएन अनि मैले सोधे सामान हजुरको लगेजमा सार्नुन भने अनि उल्टै मलाई गाली गरेजसरी उहाँ अगाडी लाग्नु भयो र भन्नू भयो सुन्नु भएन म अगाडि जादैछु लेर आउनुस भने पछी मलाई लाग्यो मैले धेरै नै गुन गरे अब मलाई आफ्नो खाली लगेजको पनि माया लाग्न छोड्यो र उहाँ धेरैनै अगाडी पुगि सक्नु भएको थियो र उहाँको सामान अस्ट्रेलिया बाट पो नेपाल लेर आउन सहयोग गरे अब सहयोग गर्न पर्दैन जस्तो लाग्यो र मैले उहाँको सामान बोकेको आफ्नो लगेज सहित एअरपोर्ट भित्र्नै छोडेर म आफ्नो ठूलो लगेज बोकेर आए”

उनले फेसबुकमा लेखेको स्टाटसमा प्रियंकालाइ चिडियाखानामा राख्नु पर्ने या म्युजियममा राख्नु पर्ने व्यक्ति कलाकार बनाएर अन्याय गरेउ भन्दै आक्रोश व्यक्त गरेका थिए।प्रकाशलाइ अपमान गरेको भन्दै उनले प्रियंकाको कुनैपनि हालतमा गरिएको ब्यबहारको पर्दाफास गर्ने कसम खाएका छन। हेरौ यो कुराकानी कमल सरगमको साथमा :