‘ओलीलाई नहटाए देश डुब्छ’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो समाजिक सञ्जाल तथा विभिन्न औपचारिक मञ्चहरुबाट ओली नेतृत्व सरकारको विकल्प खोजौँ भनि आह्वान गरेका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवले आजै आफ्नो फेसबुकमार्फत ओली नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने बताएका हुन्।

फेसबुकमा यादवले लेखेका छन् –

“मुलुकमा बाढी , पहिरो, आगलागी, भूकम्प, समुद्री सुनामी, महामारी, मानव जीवन सङ्कटमा पर्ने जस्ता प्राकृतिक विपद् आएको अवस्थामा सरकारले आफनो सम्पुर्ण शक्ती परिचालन गरी जन , धन् को रक्षा गर्नु पर्दछ। यो सरकारको नीति, दायित्व, कर्तव्य र जिममेवारी पनि हो। तर COVID – 19 जस्ताे महामारी फैलिएको जनता संकटमा परेको सक्रमित र मृ’त्युको संख्या तिब्र गतिमा अघि बढ्ने क्रममा रहेको यस घडीमा नेपाल सरकार आफनो जिममेवारीपूर्वक कार्य नगर्नू , दायित्व र कर्तव्य पनि पुरा नगर्ने , यस्ताे सङ्कटको घडीमा सरकारले आफनो हात झिक्नु र PCR Test सम्म पनि निशुल्क गर्न / गराउन नसक्ने, आफ्नो जीवन रक्षा आफैं गर भन्नु , सरकारले सक्दैन भन्नु जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनु, के नेपालमा जनताका लागि यो सरकार हैन र ? के पी ओली सरकारको के काम ? आफु असफल र असक्षम सिध्द भई सकेपछि पनी कीन सरकारमा बसिरहनु ? यस्ता प्रश्नहरू को जवाफ सत्तारूढ कम्युनिष्ट पार्टीले दिने की न दीने ? अब जनता नै सचेत हुन जरुरी छ। बिकल्प खाेज्ने बेला आएको छ।”