पहिरोले गाउँ नै पुरियो : कम्तीमा ५० जनाको मृ’त्यु ! सय जनाभन्दा धेरै पुरिए

काठमाण्डाै – ग्वाटेमालामा निरन्तर वर्षापछि पहिरोले गाउँ नै पुरेको छ ।

पहिरोमा परि कम्तीमा ५० जनाको ज्यान गएको छ । राष्ट्रपति एलेजान्डे गिएमाट्टीले अरु १ सय जनाभन्दा धेरै पुरिएको र उनीहरुको पनि ज्यान गएको हुन सक्ने बताउनुभएको छ ।

आँधीको कारण परेको ठूलो वर्षाका कारण अल्टा भेरापाज क्षेत्रको क्वीजा गाउँका घरहरु पुरिएका बीबीसीको खबरमा उल्लेख छ ।

अहिले प्रभावित गाउँमा उद्धारका लागि आर्मीको टोली पुगेको छ ।