बालुवाटारमा चर्काचर्की, प्रचण्डसहित ५ नेतालाई ओलीले भने – मेरो विरुद्ध गुटबन्दी गर्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै गइरहेको बेला शनिवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालय सदस्यहरू बालुवाटार पुगे ।

बालुवाटार पुगेका प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले आलीलाई सचिवालय बैठक बोलाउन लिखित आग्रह गरे । तर ओलीसँग प्रचण्डसहित ५ नेताको चर्काचर्की भएको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार बालुवाटारमा पुगेर सचिवालय बैठक बोलाउन माग राख्दा ओलीले गुटबन्दी गर्ने काम बन्द गर्नुहोस् भन्दै भने मेराविरुद्ध गुटबन्दी गर्ने, फेरि म किन सचिवालय बैठक बोलाउने रु ?

भेटमा सचिवालय बैठक डाक्नुस् भन्दा – मेरो विरुद्ध गुटबन्दी गर्ने, मलाई असफल बनाउन खोज्ने, जे गर्नुछ गर्नुस्,जसरी गर्नुछ गर्नुहोस् भनेको स्रोतले बताएको छ ।

आज नै पार्टी मुख्यालय धुम्बाराहीमा अनौपचारिक छलफलपछि प्रचण्डसहित ५ नेता ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । उक्त सामूहिक भेटमा नेताहरूले भोलि वा पर्सीसम्म सचिवालय बैठक बोलाउन माग गरेको थिए ।