साप्ताहिक राशिफल : कात्तिक २३ गते आइतबारदेखि २९ गते शनिबारसम्मको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अध्ययनमा सफलता मिल्नेछ । सन्तानको सहयोग पाईनेछ । सरसापट धनको सहयोग मिल्नेछ । कला संगीत एवं आध्यात्मिक क्षेत्रमा संलग्नता बढ्नेछ । साताको मध्यमा भने साथीभाइसँग रमाइलो हुनेछ । सामुहिक खानपिनमा खर्च बढेपनि साझेदारी काम बाट फाइदा मिल्नेछ । नयाँ ठाउँमा लगानी हुनेछ । साताको अन्त्यमा भने दाम्पत्य सुख मिल्ने, पति पत्नीबीच मेलमिलाप हुने एवम विदेश यात्राको योग बन्नेछ। आम्दानीमा वृद्धि एवम् स्वास्थ्यमा सुधार हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

घरायसी धनको मामिलामा परिनेछ । स्वास्थ्यमा अचानक बाधा एवम् चिन्ता बढ्ने देखिन्छ । मित्रतामा दरार आउनेछ । आपसी तनावमा फाइदा अरुलाइ मिल्नेछ ।साताको मध्यमा भने परोपकार र सामाजिक कार्यमा रुचि एवम् मनोरञ्जनमा दिन बित्नेछ । अचानक मित्रबाट फाईदा हुने योग रहेको छ। अध्ययन एवं शैक्षिक गतिवितिमा बढ्नेछ । आम्दानी सामान्य हुने, स्वास्थ्यमा प्रगति हुने एवम् खेलकुदमा रुचि जाने देखिन्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

नयाँ योजनामा साथ र सहयोग जुट्नेछ । उत्साह बढ्नाले नयाँ काममा प्रगति हुनेछ । दाजुभाइ र मित्रको साथ मिल्नाले आर्थिक तनाव हट्नेछ । कृषि काममा आर्थिक फाइदा एवं छोटो यात्रा हुनेछ । माइती मावलीको सहयोग मिल्नेछ । पराक्रम बढ्ने, काम फटाफट हुने देखिन्छ । साताको मध्यमा भने अनावश्यक किचलो एवम स्वास्थ्यमा समस्या आउनेछ । अन्त्यमा भनेव्यवसायमा प्रगति प्रेममा प्रगति एवम धनमाल जोडिने योग रहेको छ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

वैवाहिक कुराले स्थान पाउनेछ । आफन्तसँग भेटघाट एवम् धनको सहयोग मिल्नेछ । बोलीको प्रभावले महत्वपूर्ण काम हात पर्नेछ । धनको कारोबार बढ्नाले पुरानो कारोवारको तनाव सकिनेछ । सानो एवम् महत्व पूर्ण यात्रा हुनेछ । दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ । मनोरन्जनमा खर्च बढ्ने एवम् यात्रामा तनाव हुनेछ । साताको अन्त्यमा भने सवारी साधनको तनाव आउनेछ । सानो कुरामा पारिवारिक झगडा, मानसिक अशान्ति एवम् काममा अवरोध आउनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

धनको काममा सन्तुष्टि मिल्नेछ । साथीभाइको सहयोगले पूरानो कारोबार सुल्झिने छ । सवारीसाधनमा जन खर्च हुनेछ । भोजनको सुख मिल्ने एवम् प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवम ठूलावडाको माया एवम सदभाव पाईनेछ । धनको कारोबार बढ्ने एवम आकश्मिक फाईदा मिल्नेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन, भाइभाइमा मेलमिलाप एवम् जिम्मेवारी थपिनाले कार्यभार बढ्नेछ । नयाँ काममा लगानी हुनेछ । खानपिनमा मनोरन्जनमा समय एवम् खर्च बढी जानेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

शारीरिक थकान र व्यर्थ भ्रमण हुनेछ । घरबाहिरको काममा आर्थिक हानि हुनेछ । आम्दानी भन्दा खर्च बढी हुनेछ । अनावश्यक झमेला थपिने, सरसामान हराउन सक्ने एवम् यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मनोरञ्जनमा खर्च हुने एवं स्वास्थ्यमा भने समस्या आउनेछ । । नयाँ ठाउँको भ्रमण एवम् काममा प्रगति देखिन्छ । साताको अन्त्यमा भने व्यापारमा फाईदा, विलासितामा मन जाने एवम् पारिवारिक भेटघाट र मिष्ठान्न भोजनको योग रहको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

महिलावर्गको साथ मिल्नेछ । कृषि एवम् पशुचौपायाबाट धनार्जन हुनेछ । साझेदारी लगानीमा फाईदा मिल्नेछ । व्यापार बढ्नाले ऋणको भार कम हुनेछ । सुख सयलमा खर्च हुने एवम अरुबाट लाभ मिल्नेछ । साताको मध्यमा भने अचानक नोक्सानी एवम मिलेर धोका दिने अघि बढ्ने र शारिरीक समस्या आउनेछ । काममा आलोचना मिल्ने तथा शत्रुबाट भय हुनेछ । साताको अन्त्यमा भने काममा फाईदा एवम आँटेको काममा राम्रो खबर मिल्नेछ । वैदेशिक कामबाट धनकोे सहयोग हुनेछ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पद एवम् जिम्मेवारीको कदर मिल्नेछ । सरकारी काममा प्रगति हुनेछ । हिड्डुलमा खर्च भएता पनि रोजगारीमा फाईदा मिल्नेछ । जिम्मेवारी थपिने एवम काममा प्रशंसा आउनेछ । कामको प्रगति देखेर अरुले ईष्र्या गर्नेछन् । साताको मध्यमा धनको लाभ हुने, व्यापारमा बढी फाईदा हुने देखिन्छ । साताको अन्त्यमा भने विसञ्चो हुने एवम् मन नलागी खर्च गर्नुपर्नेछ । पारिवारिक तनाव एवम हुन लागेको काममा बाधा आउने देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सामुहिक कार्यका सामेल भइनेछ । अधुरा काम शुरु हुन थाल्नेछन् । अरुको काममा समय बित्नाले घरायसी काममा बाधा हुनेछ । धार्मिक कार्यमा खर्च बढ्नेछ । काममा प्रगति एवम् अरुको सहयोग मिल्नेछ । ठूलावडाबाट आश्वासन पाईने एवम् मनमा खुशी बढ्नेछ । नोकरीमा फाईदा मिल्ने एवम् गरेको काममा अरुले बाधा गर्न सक्नेछन् । साताको अन्त्यमा भने आम्दानी राम्रो हुने, सन्तानबाट खुशी बढ्ने एवम् मनोरञ्जनमा खुशी जानेछ । खर्च बढे तापनि अरुको सहयोगले आफ्नो काम पूरा हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

गुप्त शत्रु पछाडि लाग्नेछन् । अरुको गल्तीेले काममा अपजस मिल्नेछ । साताको शुरुमा काममा अलमल, अनावश्यक खर्च एवम तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवम् अरुले काम बिगार्न सक्नेछन् । मध्यमा भने अधुरा काम पूरा हुने, काममा सफलता मिल्ने एवम् धार्मिक रुचि बढ्नेछ । साताको अन्त्यमा भने पद प्रतिष्ठानमा वृद्धि , राजनैतिक सफलता एवम् अरुको सहयोग मिल्नेछ । रोजगारीको सम्भाबना रहने एवम् सरकारी क्षेत्रबाट फाइदा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ मित्र एवम् आफन्तको सहयोग राम्रो मिल्नेछ । वैदेशिक धनको सुख पाइनेछ । पारिवारिक भेटघाट हुनेछ । साझेदारीमा फाईदा, प्रेममा प्रगति एवम् यात्राको अवसर मिल्नेछ । साताको मध्यमा भने काममा झन्झट, आकस्मिक घाटा बेहोर्नु पर्नेछ काम बिगार्नेहरु अगि सर्नेछन् । मिलेर धोका दिनेसँग सतर्क हुनु पर्नेछ । साताको अन्त्यमा भने काममा फाईदा मिल्ने,विदेशवाट सहयोग मिल्ने एवम् भाग्यले साथ दिने एवम् खुशीको खबर आउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सवारी एवम् सुख सयलमा धनको व्यय हुनेछ । घरायसी काममा खर्च बढी आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । अरुको सहयोग मिल्नेछ । विरोधीहरु पर जाने एवम पारिवारिक मेलमिलाप बढ्नेछ । वैवाहिक कुराले स्थान पाउनेछ। साभेदारी लगानीमा प्रगति मिल्नेछ । नया ठाउमा नया मित्रता बन्ने एवम् व्यवसायमा राम्रै प्रगति मिल्नेछ । साताको अन्त्यमा भने आलोचना हुने, काममा अपजस मिल्ने एवम् नराम्रो खबर आउन सक्नेछ । काममा घाटा हुने हुनाले तनाव बढ्नेछ।