यी सात मन्त्रीलाई साढे सातको दशा !

काठमाडौं । कम्तीमा सातजना मन्त्रीहरुले मन्त्रीका रुपमा आगामी दशैं मनाउन नपाउने चर्चा सत्ता–राजनीतिको उच्च तहमा चल्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएलगत्तै मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको छ । मन्त्रीहरुमध्ये बिना मगर, रामबहादुर थापा, रघुवीर महासेठ, प्रदीप ज्ञवाली, मातृका यादव, गोकर्ण विष्ट, शक्ति बस्नेत, लालबाबु पण्डित, चक्रपाणि खनाल, युवराज खतिवडा र थममाया तथापामगरको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट नरहेको बुझिएको छ ।

असन्तुष्टि नै भए पनि बिना मगरलाई बिदा गरेर प्रचण्डको मन दुखाउने पक्षमा प्रधानमन्त्री नरहेको बताइन्छ । त्यस्तै, शक्ति बस्नेत र रामबहादुर थापालाई खास कारणवश मन्त्रिमण्डलमा निरन्तरता दिइने सोच बनेको बुझिन्छ । प्रदीप ज्ञवालीलाई निरन्तरता दिए पनि मन्त्रालय परिवर्तन गरिने प्रबल सम्भावना रहेको समाचार सूत्रको भनाइ छ ।

विभिन्न सूत्रबाट प्राप्त जानकारीअनुसार कम्तीमा सात मन्त्रीले मन्त्रिमण्डलबाट दशैं अघि बिदा पाउनेछन् ।  सात मन्त्रीमा थममाया थापामगर, मातृका यादव, युवराज खतिवडा, गोकर्ण विष्ट, लालबाबु पण्डित, चक्रपाणि खनाल र रघुवीर महासेठ रहेका छन् । मन्त्रिमण्डललाई प्रभावकारी र स्थिर तुल्याउन प्रधानमन्त्री पुनर्गठनका सन्दर्भमा थप केही गृहकार्य पनि गरिरहेको जानकारी प्राप्त भएको छ । घटना र विचारबाट