आराम छु, आरामको कामना गर्दछुः मनोज गजुरेल

कोरोना संक्रमित भएर आइसियूमा उपचाररत हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका छन्।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत गजुरलले आफूलाई क्रमिक सुधार भइरहेको जानकारी दिएका हुन्।

‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद’, उनले भनेका छन्।

होम आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्था बिग्रेपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।