चर्को घाममा सिलौटाको व्यापार (फोटो फिचर)

कोटेश्‍वरको सडक किनारमा दुई साना बालक र एक महिला चर्को घाममा छाता ओत लाग्दै थिए ।

त्यही छाताको छायाँमा बसेर ती महिलाले आफैंले निकै मिहिनेत गरी बनाएका सिलौटा बेच्‍न बसेकी थिइन् ।

हथौडा र छिनाको सहयोगमा ६-७ वर्षको एक बालक निकै कुशलताका साथ सादा ढुङ्‍गमा सिलौटोको आकार दिइरहेका थिए ।

सडक किनरमा दूधे बालकसँगै ढुङ्‍गका सिलौटो बेचेर परिवार पाल्ने कलैयाकी सोनी देवी हुन् ।

काठमाडौंको कोटेश्‍वरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारबारसँगै उनको दैनिकी बित्छ । उनले यही सडक पेटीमा ढुङ्‍गको सिलौटो बेचेर जहान-परिवारको पेट भरिरहेकी छिन् ।