विद्युत प्राधिकरणका इन्जिनियर हेटौँडाबाट १० लाख घु’ससहित प’क्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले मकवानपुरको हेटौँडाबाट इन्जिनियर इश्वरीप्रसाद जैसवाललाइ १० लाख रुपैयाँ घु’स रकमसहित प’क्राउ गरेको हो।

जैसवाल नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर हुन। उनलाइ प्रशारण लाइनको ठेकेदारसँग हेटौंडाको मेगा होटलमा बसेर घु’स लिइरहेको अवस्थामा प’क्राउ गरेको आयोगले जनाएको छ।

उनी माथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ।