रवि विरुद्ध फेरी अर्को तेस्रो मु द्दा, कञ्चनपुर अदालतमा निर्मला प्रक रणमा जोडियो रविलाई

काठमाडौं। चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने विरुद्ध फेरी तेस्रो मु द्दा परेको छ । यस अघि उनलाई दुईवटा मु द्दा परिसकेका छन् । शालिकराम पुडाशैनीको घ टनामा ११ दिन प्रहरी हिरा सतमा बसेर अदालतको आदेश अनुसार पाँच लाख रुपैया धरौटीमा रिहा भए लगत्तै उनलाई उजुरी र मु द्दा पर्न थालेको हो । शालिकराम पुडाशैनी सम्बन्धमा अदालतमा मु द्दा विचाराधिन छ ।

पछिल्लो पटक उनका विरुद्द कञ्चनपुर जिल्ला अदालतमा मु द्दा परेको छ । निर्मला ह त्या प्रक रणसंग जोडेर रवि विरुद्द अदालतमा मु द्दा परेको हो । हालै चितवन जिल्ला अदालतको आदेशबाट ११ दिने प्रहरीको न्यायिक हिरा सतमुक्त भएर धरौटीमा रिहा भएका रविविरुद्ध यस अघि प्रेस काउन्सिलमा पनि उजुरी परेको छ । लामिछानेले पत्रकार आचार संहिता उल्लंघन गरेको भन्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीले उजुरी दिएका थिए ।

शुक्रबार फेरी कञ्चनपुर जिल्ला अदालतमा लामिछाने विरुद्ध रिट दायर भएको छ । निर्मला पन्त प्रकरणमा प्रहरीको नियन्त्र णमा परेर रिहा भएका दीलिप सिंह बिष्टका दाइ खडक बिष्टले रवि लामिछाने, निलम्बित डीएसपी अंगुर जिसी र न्यूज २४ टेलिभिजनविरुद्ध अदालतको अपहेलनासम्बन्धी मु द्दा दायर गरेका हुन् । अदालतको विचाराधिन रहेको मुद्दा मा निलम्बनमा परेका डिएसपी जिसीलाई टेलिभिजनमा बोलाएर कार्यक्रम चलाएको भन्दै रवि विरुद्ध अदालतको मानहानी गरेको भन्दै रिट परेको हो ।

खड्ग विष्टले शुक्रबार कञ्चनपुर जिल्ला अदालतमा अदालतमा उनीहरुविरुद्ध अपहेलनाको मु द्दा दायर गरेका हुन् । अदलातको अपहेलना सम्बन्धी रिटको वारेसबाट प्रतिउत्तर लगाउन नपाइने भएकाले अब रवि फेरी कञ्चनपुर पुग्नु पर्ने भएको छ । यसअघि यही भदौ १० गते पत्रकार खेम भण्डारीले न्यूज २४ टेलिभिजन र रवि लामिछानेले पत्रकार आचारसहिंता उल्ल ङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका थिए ।