बैंक अफ काठमाण्डू र हिमालयनले जिते एक अर्ब ५० करोडको मु’द्दा

काठमाडौं : नेपालस्थित हिमालयन र बैंक अफ काठमाण्डूले चीनमा साढे १ अर्बको मु’द्दा जितेका छन्। यो मु’द्दा जितेपछि आठ वर्षदेखि मेलम्ची खानेपानी परियोजनामा फसेको डेढ अर्ब रुपैयाँ अब चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्यूरो कम्पनीमार्फत यी बैंकले पाउने छन्।

यो मु’द्दा यी दुई बैंकको तर्फबाट वरिष्ठ अधिवक्ता गान्धी पण्डितले लडेका थिए। उनका अनुसार मेलम्चीको चाइना ब्यूरो रेलवे १५ र मेलम्चीबीचको मु’द्दामा चीनको जिल्ला अदालतले बैंक अफ काठमाण्डू र हिमालयनलाई १ अर्ब ५० करोड रुपैयाँ फिर्ता दिन फैसला गरेको छ। मेलम्चीमा फसेको त्यो रकम लिन चलिरहेको मुद्दामा चीनको जिल्ला अदालतले बैंकहरुलाई फिर्ता दिन कम्पनीलाई आदेश दिएको हो।

जिल्ला अदालतबाट मु’द्दा हारे पनि चिनियाँ ठेकेदार चाइना रेल्वे १५ ब्यूरो कम्पनी माथिल्लो अ’दालत जान पाउँछ। यो मु’द्दाको सुरुवातमा जिल्ला अ’दालत बेइजिङमा दुवै बैंकको विपक्षमा आदेश आएको थियो। तर अधिवक्ता गान्धी पण्डितले हेनान उच्च जन अ’दालतमा मुद्दामा पुनरावेदन गरेका थिए। त्यस मु’द्दा दुवै बैंकको पक्षमा फैसला आयो। उच्च अदालतबाट जिल्ला आ’दालतमै फर्किएको यो मु’द्दामा शुक्रबार नेपालका बैंकको पक्षमा फैसला आएको अधिवक्ता पण्डितले जानकारी दिए।

चाइना ब्यूरो रेलवे १५ कम्पनी र मेलम्चीको ठेक्का तोडिएको थियो। त्यसपछि बैंक अफ काठमाण्डू र हिमालयन बैंकको सम्झौता अनुसार मेलम्चीले दुई बैंकबाट १ अर्ब ५ करोड रुपैयाँ मागेको थियो। त्यसबेला पनि पण्डितले नै मेलम्चीको तर्फबाट मुद्दा लडेर नेपालको अदालतबाट दुवै बैंकबाट उक्त रकम दिलाएका थिए ।

दुई बैंकले मु’द्दा हारेर रकम तिर्नुपर्ने भएपछि अधिवक्ता पण्डिलाई चाइना ब्यूरो रेलवे १५ विरुद्ध चीनमा गएर मुद्दा लड्न दुई बैंकले पठाए। सन् २००९ मा अन्तराष्ट्रिय बोलपत्रमार्फत चिनियाँ निमार्ण कम्पनी चाइना रेल्वे १५ ब्यूरोले मेलम्चीको सुरुङ्ग खन्ने ठेक्का लिएको थियो। ठेक्का सम्झौता गर्न मेलम्चीले सिसिआरसी (चाइना रेल्वे १५ ब्यूरो कम्पनी) लाई पर्फमेन्स बण्ड ग्यारेन्टी राख्न भनेको थियो।

सीसीआरसीले ६६ करोड नेपाली रुपैयाँ पर्फमेन्स बण्ड चाइना कन्स्ट्रसन बैंक (सीबीसी) मार्फत मेलम्चीलाई बुझाको थियो। तर मेलम्चीले विदेशी बैंकको बण्ड स्वीकार गरेन। सीसीआरसीलाई नेपाली बैंकमार्फत मात्रै पर्फमेन्स बण्ड राख्न मेलम्चीले शर्त राख्यो। सीसीआरसीको आग्रहपछि सीसीबी (चाइना कन्स्ट्रसन बैंक) ले नेपालको हिमालयन बैंकलाई आफू जमानत बसेर मेलम्चीका लागि आफ्नो बैंकको तर्फबाट पर्फमेन्स बण्ड जारी गर्न भन्यो।

हिमालयन बैंकले मेलम्चीका लागि सीबीसीको आग्रहमा बण्ड जारी गरेको थियो। त्यसपछि मेलम्चीको ठेक्का सम्झौता अनुसार सन् २०१० बाट सुरुङ्ग खन्‍न थालियो।  सीसीआरसीले काम थाल्ने बेला मेलम्चीले उसका लागि अग्रीम भुक्तानी जारी गर्नुपर्ने थियो। त्यसमा पनि बैंक ग्यारेन्टी चाहिएको थियो। फेर सीसीआरसीले पुरानै विधिबाट बैंक अफ काठमाण्डूले मेलम्चीलाई ग्यारेन्टी दिने सहमति भयो। 

सीबीसीले बैंक अफ काठमाण्डूको काउण्टर ग्यारेन्टी गरिदिने गरी अग्रीम भुक्तानीको ग्यारेन्टी दिने भयो। त्यो रकम ९० करोड नेपाली रुपैयाँ थियो। तर ६ हजार मिटर सुरुङ्ग खनेर चिनियाँ कम्पनी भागेको थियो। त्यसपछि ठेक्का तोडिएसँगै मु’द्दा सुरु भएको थियो।