स्रोत नखुलेको ४० लाखसहित एक जना प’क्राउ

काठमाडौं चन्द्रागिरि नगरपालिका, नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना प’क्राउ परेका छन्।

शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले प’क्राउ गरेिएको डिएसपी घनश्याम श्रेष्ठले बताए। प’क्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका-२का ४० वर्षीय व्यास गुप्ता छन्।

प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुवाहक बस महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गरेको थियो। गुप्ता सोही बसमा सवार थिए। उनले आफ्नो झोला र कम्मरपेटी ती रकम लुकाएर ल्याएका थिए।

प्रहरीका अनुसार ती रकम एक हजार नोटका थिए। यससम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।