‘शालिकरामले रुकुलाई सताउन नछोडेपछि न्युज २४ को कार्यालयवाट सेल्फि खिचेर पठाउ डराएर पिछा छोड्ला भनेको हुँ’ : अनिल ढुंगेल

काठामाडौं । दुई वर्षदेखि म न्युज २४ टेलिभिजनमा क्यामेरामेनको रुपमा कार्यरत छु। यहीँ रवि लामीछाने, युवराज कँडेल तथा शालिकराम पुडासैनीसँग चिनजान भएको हो। उनीहरु कसैसँग पनि मेरो कुनै रिसइबी थिएन, छैन। शालिकरामको घरपरिवारको अवस्था, कार्यालयबाट उनले पाउने सेवा सुविधा थाहा थिएन।

उनी विवाहित रहेको र सन्तान जन्मेको छैन भन्ने कुरा भने उनले मलाई बताएका थिए। रुकु (अस्मिता) कार्कीसँग प्रायः च्याटमा व्यस्त हुन्थे। को भनेर सोध्दा श्रीमती भनेका थिए। उनी न्युज २४ मा काम गर्दासम्म दीपक बोहरा र रविसँग राम्रै सम्बन्ध थियो। दुवै जनाले उसलाई माया गर्नुहुन्थ्यो। युवराज र शालिक दुवै रिपोर्टर थिए तर सिनियर र जुनियरको अदब थियो। शालिकको रिपोर्टिङ शैली अलि आ क्रामक हुन्थ्यो, त्यो भने मलाई चित्त बुझ्दैनथ्यो तर मैले केही भनिनँ। उनी न्युज २४ छाडेर माउन्टेन टिभी गएपछि आफ्नो नयाँ कार्यक्रमको भिडियो फेसबुक म्यासेन्जरमा मलाई पठाएका थिए।

शालिकरामकी प्रेमिकालाई पहिले १-२ पटक देखेको तर उनी पत्नी होलिन् भन्ने ठानेको थिएँ। आ त्म ह त्या गर्नु पाँच दिन पहिले उनले अर्कै फेसबुक आइडीबाट आफू शालिकरामको साथी भएको र घरमा श्रीमती हुँदाहुँदै झूट बोली विवाह गर्छु भनेर फँसाएको र अहिले दुःख दिएर सताइरहेको बताएकी थिइन्। उनले केही स्क्रिन सट पठाएर सहयोग गरिदिनु(यो भनेकीले न्युज २४ को कार्यालयमा आएर दीपक र रवि दाइहरुसँग कुराकानी गर्न सुझाएँ। २०७६ साउन १८ दिउँसो २ बजे उनी आइन्। १५ मिनेट जति कुराकानी भयो। उनले शालिकरामले विभिन्न ध म्की दिने, बाटो छेक्ने गरेकाले सम्झाइदिनुप¥यो भनेकीले पहिल्यै दाइहरुसँग कुराकानी गरिसकेको थिएँ। दीपक दाइले केही गर्न मिल्दैन, यो तपाईंहरुको निजी मामिला हो, प्रहरीकोमा जानु भन्नुभयो। पछि मैले उनलाई न्युज २४ को कार्यालय देखिने गरी एउटा सेल्फी खिचेर पठाइदेऊ, फलो गर्न छाड्ला भनेँ।

रुकुसँगको भेटघाट र उनीहरुको सम्बन्धबारे जानकारी भएपछि शालिकरामसँग कुराकानी भएन। घ टना हुनुपूर्व अस्मिताले पठाएका स्क्रिनसटहरु युवराजलाई पनि पठाएँ। रवि र दीपकलाई भने घ टनाको भोलिपल्ट मात्र पठाएँ। घ टनाको दिन राति २ बजे युवराजले शालिकरामले त आ त्मह त्या गरेछ भनेपछि मात्र थाहा पाएँ। मैले अस्मितालाई कुराकानी डिलिट नगर्नु भनेर फोन गरेँ। उनीसँग मेरो सम्पर्क छ भन्ने थाहा भएपछि दीपक र रविले घ टनाबारे के रहेछ बुझ भन्नुभएको थियो।

त्यसपछि मैले रुकुलाई एक पटक कल गरेको हुँ। दीपक र रविदाइले अस्मितालाई भेट्ने भनेपछि ग्रिनसिटी अस्पतालमा गयौँ। अस्पताल पुगेर पटक पटक कल गर्दा पनि कल रिसिभ नभएपछि कुराकानी हुन पाएन। पुडासैनीले म र्नुअघि खिचेको भिडियोमा रुकु, रवि दाइ र युवराज कँडेलले म र्न बाध्य पारेको दाबी गरेका रहेछन्। के कारणले उनले त्यसो भने थाहा मलाई छैन। सायद रुकुले रविसँग मिलेर आफूलाई बेइज्जत गर्ने भइ भन्ने सोची भिडियो बनाएको हुनुपर्छ भन्ने लाग्छ। २०७६ भदौं ५ मा ढुंगेलले प्रहरीसमक्ष गरेको घ टनाविवरण कागजको सम्पादित अंश, सुक्रवार साप्ताहिकबाट