दैनिक उपचार खर्च तिर्न सक्दैनन भन्दै अस्पतालले भर्ना नगरेपछि संक्रमित महिलाले गरिन् आ’त्मह’त्या

आर्थिक पाटो कमजोर देखेर अस्पतालले उपचार गर्न नमानेपछि मोरङमा एक कोरोना सं’क्रमित महिलाले आ’त्मह’त्या गरेकी छिन् । मोरङको रतुवामाई नगरपालिका १० की ४५ वर्षीय महिलाले आ’त्मह’त्या गरेकी हुन्।

नियमित डायलाइसिसका क्रममा कोरोना सं’क्रमण पनि पुष्टि भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइसोलेसनमा दैनिक उपचार खर्च वापत १८ हजार रुपैयाँ माग गरेको थियो । उपचार खर्च ब्यहोर्न नसकेपछि घर ल्याइएकी उनले झु’ण्डे’र आ’त्मह’त्या गरेकी हुन्।

उपचार गराउन सकिन्छ कि भनेर धेरै प्रयत्न गर्दा पनि सम्भव नभएको श्रीमान टेकबहादुर मगरले बताए । संक्रमितले उपचार खर्च नपाएको बिषयमा ढिलो गरी जानकारी आएकाले सहयोग गर्न नसकेको जनप्रतिनिधिले बताए।

मगरले दशैंको टीकाको दिन आ’त्मह’त्या गरेकी हुन् । मगर परिवारको आर्थिक उपार्जन हुने अरु बलियो आधार नहुँदा नरमायाले आ’त्मह’त्या गरेको स्थानीयको भनाइ छ।