प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे अध्यक्ष प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। पार्टीभित्रको विवाद समाधान गर्नका लागि प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल बालुवाटार पुगेका हुन्।

पार्टीभित्रको विवादको कारणले ११ दिनपछि शनिबार भेटवार्ता भएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको भेटवार्ता रोकिएको थियो। आइतबार अध्यक्ष दाहालले आफू निकटका नेताहरुसँग प्रधानमन्त्री ओलीले अलग-अलग भएर जाने प्रस्ताव गरेको ब्रिफिङ गरेपछि विवाद थप उत्कर्षमा पुगेको छ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आआफ्नै अडानका कारणले पार्टी दुर्घटना नजिक पुगेका छ। तर, नेताहरुले कुनै पनि अवस्थामा विभाजित हुन नदिने बताइरहेका छन्।