सुनको मूल्य घट्याे ,प्रतितोला कति ?

बिहीबार सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय पुगेको छ। अघिल्लो दिन सुन ९६ हजार तीन सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले बढी हो।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।