नेपालका बारेमा अनर्गल प्रचार गर्ने भारतीय पत्रकारलाई पठाइयो जे’ल

एजेन्सी । नेपालका बारेमा अनर्गल प्रचार गर्दै आएका भारतीय पत्रकार अर्नव गोस्वामीलाई न्यायीक हिरासतमा पठाइएको छ । उनलाई बुधवार उनकै घरवाट प्रहरीले प’क्राउ गरेको थियो ।

रिपब्लिक टेलिभिजनका मालिक एवम् प्रधान सम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायीक हिरासतमा पठाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनलाई दुई वर्ष अघिको एउटा घटनामा प’क्राउ गरिएको छ ।

देह त्याग गर्न बाध्य बनाएको अभियोगमा उनलाई प’क्राउ गरिएको हो । प्रहरीले बुधवार विहानै उनकै घरबाट पक्राउ गरेको थियो । प्रहरीले प’क्राउ गर्ने गर्नेमा आफ्नो अपमान गरेको आरोप गोस्वामीले लगाएका थिए ।

सन् २०१८ मा ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्भय नायक र उनकी आमालाई देह त्याग गर्न उक्साएको आरोपलाई अर्नबविरुद्ध मु’द्दा दायर गरिएको थियो। यता अर्नबको बचाउमा भारतको केन्द्र सरकार, भारतीय जनता पार्टी अघि आएको छ।

उनीहरुले महाराष्ट्र सरकारले अर्नबलाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको उपहास गरेको र ‘इमर्जेन्सी’ को परिस्थिति सिर्जना गरेको आरोप लगाएका छन्। नेपालले भारतद्धारा अतिक्रमित भूमी समेत समेटेर नयाँ नक्सा जारी गरेपछि उनले नेपाललाई अनर्गल प्रचार गर्दै समाचार बनाएका थिए ।