विहान घरमा खाना खाएर घरबाट निस्केका दाजुभाइको श’व खोलामा भेटियो

गैंडाकोट ३ जयश्री खोलाको रहमा भेटिएको २ वटा श’व यस अघि गैंडाकोट २ बाट हराएको भनिएका दाजुभाईको रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ । श’वको मृ’तकको आफन्तले पहिचान गर्नुभएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो।

गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल सोमबार विहानदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए । विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका थिए ।

तर उनीहरुको आज शव फेला परेको हो । पानी ल्याउन जयश्री खोलामा वाँधीएको बाँधबाट वनेको रहको किनारमा एउटा र पानीमा डु’वेको अवस्थामा अर्को युवाको शव फेला परेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्र वहादुर थापाले जानकारी दिनुभयो।

जंगलमा घाँस दाउरा गर्न आउनेले वडा अध्यक्ष शिवकान्त तिवारीलाई खवर गरेपछि उहाँले गैंडाकोट प्रहरीलाई खवर गर्नुभएको थियो । श’व घ’टनास्थलमै रहेको छ । अहिले घ’टनास्थल सुरक्षित राखिने र वाँकी प्रकृया भोलि विहान गरिने प्रहरी निरीक्षक थापाले बताउनुभयो।