खुशीको कुनै बाटो नै छैन, खुशी हुनु नै बाटो हो

बुद्धका १० वाणी, पढ्नुहोस्, पालना गर्नुस्, तवाईंको जीवन बदलिनेछ

१) अतिततिर ध्यान केन्द्रित नगर, भविष्यको सपना पनि नदेख, वर्तमानमा ध्यान केन्द्रित गर ।

२) चतु-याइँपूर्वक बाँच्ने मानिसलाई मृत्युसँग पनि डराउन जरुरी हुँदैन ।

३) घृणा, घृणा गरेर कम हुँदैन, यो त प्रेमले मात्र घट्छ, यहि नै शाश्वत नियम हो ।

४) मानिसहरूको मष्तिस्क नै सबथोक हो, उसको मष्तिस्कले जे सोच्छ ऊ त्यहि बन्दछ ।

५) जसरी हजारौं दियोलाई एउटै दियोले आफ्नो प्रकाश कम नै नगरी प्रकाश बाँड्नसक्छ । खुशी पनि त्यसरि नै बाँड्न सकिन्छ, त्यो कम हुँदैन ।

६) सत्यको मार्गमा कसैले जम्मा दुई गल्ती गर्न सक्छन्, एउटा कि त उस्ले यात्रा पुरा गर्न सक्दैन कि त यात्रा नै सुरु गर्दैन।

७) आफ्नो बाटो स्वयंम निर्माण गर, जन्मदाँ हामी एक्लै जन्मिएका हौं मर्दा पनि एक्लै मर्छौ, त्यसैले हामी आफै बाहेक अरु कसैले पनि हाम्रो भाग्यको फैसला गर्न सक्दैन ।

८) मानिस भित्र नै शान्तीको बास हुन्छ, त्यस्लाई बाहिर नखोज ।

९) खुशीको कुनै बाटो नै छैन, खुशी हुनु नै बाटो हो ।

१०) पाईतालाले त्यतिखेर मात्र पाईतालको महसुस गर्छ, जतिखेर उसले जमिनलाई छोएको हुन्छ ।