बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो। नेपाली टिमको कप्तानी गोलकिपर किरण चेमजोङले गर्नेछन्।

घाइते भएका कारण टिममा अनुभवी खेलाडी रोहित चन्द छैनन्। यस्तै फरवार्ड अभिषेक रिजाल पनि टिममा छैनन्। नेपाली टिम बिहीबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ। नेपाल र बंगलादेशबीच ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आगामी नोभेम्बर १३ र १७ (कात्तिक २८ र मंसिर २) मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।

एक वर्षपछि मैदान उत्रिदा नेपाली टिमको प्रशिक्षण बालगोपाल महर्जनले सम्हाल्नेछन्। महर्जनको नेतृत्वमा नेपालले सागको स्वर्ण जितेको थियो। राष्ट्रिय टिमका नियमित प्रशिक्षक योहान कालिन प्राविधिक कारणले स्विडेनबाट नेपाल फर्कन नसकेपछि महर्जनले जिम्मेवारी पाएका हुन्।

खेलाडी
अजित भण्डारी,अन्जन विष्ट, अरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना ,विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्जप्रिन्स कार्की, किरण चेमजोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

अफिसियलहरू
बालगोपाल महर्जन – प्रमुख प्रशिक्षक
किरण श्रेष्ठ – सहायक प्रशिक्षक
विकास मल्ल – गोलकिपर प्रशिक्षक
कृष्णभक्त मानन्धर – व्यवस्थापक
विवेक सुवेदी – फोटोग्राफर
डा प्रविन श्रेष्ठ – टिम डाक्टर
अविस्कार पुडाशैनी – फिजियोथेरापिस्ट
रोशन पुडाशैनी – सहायक फिजियो
मुक्तिबाबु रेग्मी – पत्रकार