एक बर्ष नवित्दै बाबु,बाजे र बजैको किरिया बसे यी १२ बर्षे बालक

मुगु । नत घरमा खाना छ, नत लगाउने ओडने ओछयाउने कपडा छन्, नत घरको छाना, त्यस माथी एकै बर्ष बाबु,बाजे र बजै वितेपछि यहाँको एक परिवार विचल्लीमा परेको छ ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ ¥याङ्गचेकाटी गाँउका एक कुमाल दलित परिवारमा गरिवता त छदै थियो त्यस माथी एकै वर्ष भित्र वावु,बाजे र हालै बजैको समेत मृ’त्यु भएर पछि यो परिवारमा एक पछि अर्को बज्रपात हुँदा परिवारै झन आहात डुवेका छन । बाजे बजै सहित ८ सदस्यीय यो परिवारलाई एक बर्ष अघि बाबु र बाजेले गाँउघर र अन्यत्र ज्यालादारी काम गदै पाल्दै आएका थिए ।

गत वर्ष असोज ७ गते बाबु पुर्ण बहादुर कलाल (२८),असाढ २१ गते बाजे जयरुप कुलाल र १३ गते विहिवार बजै चाउली कुलालको मृ’त्यु भएपछि घर अविभावक विहिन हुदा यो परिवार विचल्लीमा परेको हो । घरमा भएका ४ बालबालिका मध्य जेठा १२ वर्षिय युवराज कुलालले बाबु र बाजेको किरायापुत्रीमा बसे थिए विहिबार बजै पनि वितेपछि उनै १२ वर्षिय बालक युवराज बजैको पनि किरिया पुत्री बसेका छन ।

घरका ठुला र अविभावक कोहि नभएपछि २५ वर्षिय आमा सौमती कुमालले युवराज सहित अन्य ३ बालबालिकालाई गाँउ चहारेर छर छिमेकीलाई हात जाडी जम्मा गरेको खानाले पेट पाल्दै आएकी छन । किरिया खर्च कसरी जुटाउने छोरा छोरी कसरी पाल्ने उनलाई समस्या परेको छ । जसो तसो गाँउलेहरुले दैनिक माना उठाएर बजैको किरिया बसेका १२ बर्षे बालकलाई पाल्दै आएका छन । अन्य परिवारको विचल्ली भएको मामा जेठ बहादुर वि.कले बताए।

“मात्र समस्या होईन लगाउने,ओडने ओछयाउने लुगा छैनन,घर भत्कीएको छ छानो छैन हिउपरे चिसो कसरी कटाउने समस्या छ सधै छरमिेकीले कती र्हेलान, कोही सहयोगी मन भेटीए भान्जभान्जीको शिक्षा दिक्षा र पालन पोषाणमा सहयोग पुग्थ्यो की,” मामा भन्छन् । “किरिया बसेका भान्जलाई १३ दिन सकिए लगाउने लुगा पनि छैनन भने हालत कस्तो छ आफै बुझनुस उनले उल्टै हामीलाई प्रश्न गरे ।”

९ वर्षे छोरी झरना कुमाल,७ बर्षे छोरा विराज कुलाल र एक २ बर्षे कोखे छोरा काखमा रहेको र जेठो छोरा १२ बर्षको युवराज कुमाल बजैको किरिया पुत्री बसेको बताउदै आमा सौमती कुमाल (२५) भन्छिन, “घरमा खाना लाउनका लागी दुख्ख पाएकै थियौ,जसो तसो श्रीमान र ससुराले कमाई घर धाने कै थिए,हामी माथी के दसा लाग्यो १ वर्ष पहिला श्रीमान विते असाढमा ससुरा अहिले सासु वितिन,आमाबाबुको काखमा रमाउने उमेरमा १२ बर्षको छोरो किरिया बस्नु परेको छ त्यो पनि एकै बर्षमा ३ चोटी, कस्तो भाग्य लेखेर ल्याएका रहेछौ बरु सबै परिवारलाई लिए पनि हुथ्यो भगवानले ।”

उनले फोनमा भक्कानिदै भनिन,“वरिपरिकाले आजसम्म जसोतसो खान दिएका छन उहाँहरु पनि कती दिन देलाान यी साना छोरा छोरी कसरी पालु,घर कसरी चलाउन कतै सहयोग गर्ने पाईन्छन भने खोजी दिनु प¥यो भनेर आग्रह गछृन्।” यो परिवारमा आई परेको दुख्ख देखेर गाँउ मात्र होईन थाहा पाउने जोसुकै भावविभोग हुने गरेका छन । त्यस माथी १२ बर्षे बालकले एकै बर्षमा वावु,बाजे र बजैको किरिया बस्नु परेको अवस्थाले झन मानिसहरुलाई भावविभल्स बनाउने गरेको छ ।

सँधै अरुको काम गरेर पालिदै आएको यो परिवार अहिले घरमा कमाउने जनशक्ति नहुदा भाकभोकै बस्नु पर्ने अवस्था छ । छरछिमेकी र मामा घरकाले दैनिक माना पाथी दिई हालसम्म पाल्दै आएपनि अब उनीहरुको भविष्य के हुने अन्यौल छ ।राज्यले शिक्षा,स्वास्थ्य,गास र बास नभएको नागरिक हुनै छैन यी नागरिकका नैसगिक अधिकार हुनेछन भनेर संवैधानिक प्रावधान राखेपनि त्यो यस्तो परिवारका लागी आकाशको फल आखाँ तरि मर सरह छ ।

राज्य कहाँ छ,शिक्षा के हो,स्वास्थ्य के हो,बास के हो,गाँस के हो यो परिवारलाई हेरे छलङ्ग हुन्छ । “घरको छानो छैन हिउदको सिजन शुरु भयो,हिउ,पानी पर्ला हिमालको चिसोमा यो परिवार कसरी बस्ने हो । कुनै सरकार,व्यक्ति,संघ सस्थाले सहयोग गरिदिए हुथ्यो, हामी पनि त्यस्तै छौ अर्काको घरमा ज्याला मजदुरी गरि खान्छौ गाँउले सबै गरिव छौ,हात जोडदै हामीलाई नभएपनि यो परिवारलाई सहयोग गरिदिनुस् ” गाँउलेहरु भन्छन ।

देशमा तिन तहको सरकार छ भन्छन संघिय,प्रदेश र स्थानिय ति सरकारहरु कस्का लागी हुन तिनीहरुका जनता को हुन । एक सरकार हुदा जस्तो थियो तिन तिन वटा सरकार हुदा पनि गरिवको अवस्था उस्तै छ । सरकार,माननिय,ठुलाबडा हुनेखानेहरुका लागी रैछन सबै नाटक मन्चन गर्दा रैछन यथार्थमा गरिवका पक्षमा कोहि पाईएन स्थानिय युवा आको्रस व्यक्त गदै भन्छन संविधानमा गास,बास र कपास राज्यले उपलब्ध गराउने छ भनीएको छ त्यो गरिवलाई देखाउने ललिपप रहेछ खै कहाँ दिएको छ राज्यले गाँस,बास र कपास जनतालाई यहि गरिव दलित परिवार उदाहरण काफि छ अझ हामो्र नेता,पाटी,सरकार भनाउदा ठुला कुरा गर्छन मामा जेठ बहादुर विक भन्छन् ।