संक्रमणमुक्त भएको सिफारिस लिन पनि ५०० रुपैयाँ शुल्क !

विराटनगर महानगरपालिकाले कोरोना संक्रमित संक्रमणमुक्त भएको सिफारिस बनाउँदा ५०० रुपैयाँ शुल्क लिने गरेको छ ।

घरमै बसेर कोरोना संक्रमण मुक्त भएकाहरुलाई होम आइसोलेसनमा बसेको प्रमाणित गर्न शुल्क लिन थालेको हो ।

संक्रमणमुक्त भएको सिफारिसका लागि महानगरपालिकाले ५०० रुपैयाँ शुल्क र निवेदन दस्तुरका रुपमा १० रुपैयाँ लिन थालेको हो ।

महामारीको सुरुवाती अवस्थामा महानगरपालिकाले संक्रमण मुक्त भएको सिफारिस गर्दा शुल्क लिएको थिएन । तर पछिल्लो समय शुल्क लिन थालेको हो ।

यसरी सिफरिस बनाउन जानेहरु अधिकांश बिमा दाबी गर्नेहरु रहेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

बिमा प्रयोजनका लागि सिफारिस दिनुपर्ने भएकाले शुल्क लिन थालेको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बताए ।