थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि ३० जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

१ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ८४४ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३६ हजार ९११ जना संक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृ’त्यु भएको हो । यो दैनिक मृ’त्यु हुनेको संख्यामा अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।

हालसम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १०३४ पुगेको छ ।