भेन्टिलेटरमा उपचाररत सांसद विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

१ कात्तिकमा कोरोना पजिटिभ भएपछि होम आइसोलेसनमा बसेका सांसद विश्वकर्माको स्वास्थ्य बिग्रिएपछि एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

ग्रान्डी अस्पतालमा उपचाररत नेता विश्वकर्माको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यमा समेत क्रमशः सुधार भइरहेको नेपाल दलित संघका सचिव दीपक सोनीले जानकारी दिए ।

विश्वकर्माले हातको इसारामा डाक्टरसँग कुराकानी गर्न थालेका छन् ।