साउदीमा रहेका नेपालीलाई फेसबुकमा अभद्र कमेण्ट नलेख्न चेतावनी

रियाद । साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जाल (फेसबुक) मा जथाभावी कमेण्ट नलेख्न सचेत गराएको छ ।

दूतावासले मंगलबार एक सार्वजानिक सूचना जारी गर्दै राजदूतावासबाट सार्वजानकि गरिने सूचनाहरुमा जथाभावी अभद्र कमेण्टहरु पोष्ट नगर्न अनुरोध गरेको हो।

सोमबार राजदूतवासबाट प्रकाशित राहदानी नवीकरण सम्बन्धी सार्वजनिक सूचनामा ‘लभ्ली केटो’ नामक फेसबुक आइडीबाट कमेन्ट गर्ने एक व्यक्तिले नेपाली महिला कामदारलाई अपमान गर्ने प्रकारको अभद्र पोष्ट गरेको पाइएको भन्दै दूतावासले सो पोष्ट तुरून्त हटाउन चेतावनी समेत दिएको छ ।