हिमाल आरोहणका लागि बहराइनका राजकुमारपछि कतारी राजपरिवार सदस्यको टोली

कोभिड १९ महामारीका बीच खुलेको हिमाल आरोहणमा भीआईपी पर्यटकको आकर्षण बढेको पाइएको छ।

बहराइनका राजकुमारसहितको टोलीले लोबुचे र मनास्लु आरोहण गरेको केही समय नबित्दै कतारी राजपरिवार सदस्यले आमादब्लम हिमाल आरोहण गर्दै छन्।

कतार राजपरिवार सदस्य मोहम्मद विन अब्दुल्लाह अल थानीले अमेरिकाका ग्यारेट क्रिस्टियन म्याडसनको नेतृत्वमा आमादब्लम हिमाल आरोहण गर्नलागेका हुन्।

हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले महामारीका बीचमा पहिलो टोली आमादब्लम हिमाल आरोहणको व्यवस्थापन गरिरहेको छ।