फुटपाथमा नरिवल बेच्ने युवकलाई कुटपिट गर्ने दुई प्रहरी निलम्बन

जनकपुरधाम। जनकपुरको फुटपाथमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिचेर सार्वजनिक गरेको भन्दै प्रहरीले युवा अभियन्ता सुशील कर्णलाई कुटपिट गरेका छन् ।

बिहिबार दिउँसो जानकी चोकमा नरिवल बेचिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का १९ वर्षका युवक रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेको थियो ।

रोशनलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक गरेको केही घण्टामै यूवा अभियन्ता सुशिल कर्णमाथि प्रहरीले गरेको ज्यादतीको गरेको थियो । त्यसको विरोधमा सो कार्यमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीयले नारावाजी गरेका थिए । जनकपुरको जानकी प्रहरी चौकीका प्रहरीले अभियन्ता कर्णलाई चौकीमा बोलाएर भिडियो किन खिचेको भन्दै कुटपिट गरेका थिए । जानकी मन्दिर परिसरमा रहेको पर्यटक प्रहरीका ईन्चार्ज विरेन्द्रकुमार यादवले अभियन्ता कर्णलाई चौकीमै बोलाएर हातपात गरेका थिए ।

यता धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले अभियन्ता सुशिल कर्ण र नरिवल बेच्ने युवक रोशनमाथि भएको दुव्र्यवहार तथा कुटपिट गर्ने पर्यटक प्रहरी इन्चार्ज विरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कारवाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरे । ईन्चार्ज यादव र प्रहरी जवान यादवलाई निलम्बनका लागि सिफारिस गर्ने र थप कारवाहीका लागि प्रक्रिया अगाडी बढाइने प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।