सुनको मूल्य बढ्यो; तोलामा कति पुग्यो ?

काठमाडौ नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ ।

सोमबार तोलामा ९५ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सयले बढेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा ९४ हजार ९ रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।