प्रधानमन्त्री ओलीद्वारा सांसद केसीको नि’धनप्रति दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको नि’धनमा दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

नेपाली काँग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा गए राति कास्कीमा नि’धन भएको थियो ।